November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

बाँसबारी छालाजुत्ता कम्पनीको अतिक्रमित १० रोपनी जग्गा सरकारको नाममा फिर्ता

काठमाडौं । बाँसबारी छालाजुत्ता कम्पनीको अतिक्रमित १० रोपनी जग्गा सरकारको नाममा फिर्ता भएको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविराम नेपालीले शुक्रबार एक पत्रकार सम्मेलन गरी अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याइएको बताएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चाँदबाग रेसिडेन्सको नाममा रहेको जग्गा अनुसन्धानपछि सरकारकै रहेको ठहर गर्दै निर्णय प्रक्रियाबाट मालपोत ऐनको व्यवस्था अनुसार सरकारको नाममा ल्याइएको जनकारी दिएका छन् ।

बाँसबारी छालाजुत्ता कारखानको उक्त जग्गा घोटला प्रकरणमा नेपाली कांग्रेसका नेता एवं चर्चित उद्यमी विनोद चौधरी र उनका भाइ अरुण चौधरी मुछिएका छन् । अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेर नै अनुसन्धान गरेको थियो । विनाद चौधरी भने बिहीबार आफैं सीआईबीको कार्यालय पुगेर बयान दिएका थिए ।

Advertisement