विराटनगर । अवैध खैरो हिरोईनसहित एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका वडा नं. १ लौकही बस्ने बर्ष २३ को सुभाष कुमार यादव रहेका छन् ।
प्रहरीका अनुसार लौकही बजारको बाटो हुँदै मोटरसाईकलमा अबैध लागूऔषध लाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा ईलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएका प्रहरी अधिकृतको टोलीले लौकहीस्थित सडकमा को. ३५ प. ५५३४ नं. को मोटरसाईकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्लाष्टिक भित्र लुकाई राखेको प्लाष्टिकसहित ३१ (एकतिस ग्राम) र प्लाष्टिक बाहेक २८ (अठ्ठाईस ग्राम) खैरो हिरोईन र मोटरसाईकल सहित निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।