August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

दक्षिण कोरियाले युक्रेनलाई दुई अर्ब डलर ऋण दिने

दक्षिण कोरियाले युक्रेनलाई दुई अर्ब डलर ऋण दिने भएको छ । कोरियाले आगामी पाँच वर्षभित्र कम ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको हो।

यो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिने दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई करिब १० करोड डलर बराबरको सहायता पठाउने बताएको छ।

Advertisement

फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि विनाशकारी युद्धमा फसेको युक्रेनलाई दक्षिण कोरियाले समर्थन गरिरहेको छ।