August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन्। उनले बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी रहेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी सरकारबारे अदालतमा मुद्दा विचाराधिन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने बताए पनि सत्तारूढ दलहरू एमाले र माओवादी केन्द्रले भने आज नै  विश्वासको मत सम्बन्धी प्रस्ताव लिने कार्यसूची तय गर्नुपर्ने बताएको थियो।

आजको बैठकअघि पुनः कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

Advertisement

कांग्रेसले पनि बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ।