November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

मान्छेको पहिचान संकटको समयमा हुन्छ: माधवकुमार नेपाल

काठमाडौं- नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई लक्ष्यित गर्दै नेताको पहिचान संकटको समयमा हुने बताएका छन्।

एकता अभियान भन्दै बीचमा बसिरहेका गौतमलाई लक्ष्यित गर्दै नेपालले थपे, ‘मान्छेको पहिचान संकटको समयमा हुन्छ। सही र गलत छुट्याएर सहीका पक्षमा उभिनुसक्नुपर्छ। ठीक समयमा अगुवाई गर्न सकेन भने नेताको दर्जा पाउँदैन।’

उनले तत्कालीन एमालेमा पनि ओली र गौतमबीच आफूबीच दोस्रो नेता बन्न रस्साकस्सी चलेको स्मरण गरे। उनले भने, ‘त्यतिबेला पनि जहिल्यै ओली वामदेवजीलाई पछार्न सक्रिय हुनुभयो। त्यो बेला वामदेव भर्सेस् ओली भएको हो।’

Advertisement