November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

ओलीलाई प्रचण्डको प्रश्न : अदालत र निर्वाचन आयोगमा सेटिङ्ग छ भनेको के हो ?

काठमाडौं – विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अदालत र निर्वाचनलाई प्रभावमा पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार आफुँ पक्षीय पत्रकार संगठन प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै उनले ओलीपक्षप्रति आपत्ति जनाएका हुन् ।

ओली पक्षले अदालत र निर्वाचन आयोगमा सेटिङ्ग छ भनेर प्रचार गरेको भन्दै प्रचण्डले ‘सेटिङ्ग के हो ?’ भनि प्रश्न पनि गरे ।

‘केपी र केपी नजिकमा मान्छेले अहिले अदालतलाई धम्क्याउने, निर्वाचन आयोगलाई प्रेसर गर्ने काम गर्दै हिँड्नु भएको छ’, प्रचण्डले भने, ‘उहाँहरुले गाउँ गाउँमा जिल्ला जिल्लामा हाम्रो सेटिङ्ग भईसकेको छ, चुनाव चिन्ह सुर्य हाम्रै हुन्छ भनेको के हो ? अदालतमा हाम्रो सेटिङ्ग छ जे भन्यो त्यहि हुन्छ भनेर हिँड्छन् किन ?’

Advertisement

उनले आफुँहरुले अदालत र निर्वाचन आयोगलाई विश्वास मानेको बताए ।