August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

कर्णाली पुलमा फसेका खच्चडका मालिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानाले कर्णालीको पुलमा फसेका खच्चडका मालिकलाई सरकारले क्षतिपूर्ति दिन माग गरेकी छन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै उनले खच्चडका मालिकलाई सरकारले उचित क्षतिपूर्ति दिने व्यवस्था तत्काल गर्नुपर्ने बताएकी हुन्।

त्यस्तै पुल जीर्ण भएकाले आवतजावत बन्द गरिएको र अछाम र दैलेखका झन्डै सय जना विद्यार्थी विद्यालयबाट बञ्चित भएको जानकारी गराइन्।
एनले भनिन्, ‘विद्यार्थी रोकिए भने कम्तिमा २० दिन विद्यालय बन्द राख्ने भनिएको छ। नजिकै अन्य पुलको व्यवस्था पनि छैन ।’

Advertisement

पुल चाँडै नबने स्थानीयहरू वाध्य भएर त्यही जीर्ण पूलमै हिँड्नसक्ने खतरा भएको भन्दै यथाशीघ्र पुलको निर्माण गर्न सांसद रानाले आग्रह गरिन्।