पाँचथर । हुनेले दिने नहुनेले लिने भन्ने अभियानका साथ पाँचथरकाे सदरमुकाम फिदिम बजारमा ‘क्लोथ बैंक’ स्थापना भएको छ । पाँचथरको फिदिम नगरपालिकाको सहयोगमा क्लोथ बैंक स्थापना गरिएको हो ।
फिदिम नगरपालिकाको सहयोगमा हेल्प टुगेदर फाउण्डेशनको सहकार्यमा फिदिमको अस्पताल चोकमा ‘क्लोथ बैंक’ स्थापना भएको हो ।
बैंकको फिदिम नगर प्रमुख मित्र प्रसाद काफ्ले उद्घाटन गरी हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष सुशील श्रेष्ठलाई चाबी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख काफ्ले उपप्रमुख राधा कृष्ण न्यैपाने पाँचथर बहुमुखी क्याम्पसका अध्यक्ष शुभराज थापा, पत्रकार महासंघ अध्यक्ष गिरिराज बाँस्कोटा लगायतले संकलन भएका कपडा बक्समा राखेर शुभाराम्भ गरेका थिए ।
क्लोथ बैंकबाट अवश्यक पर्ने व्यक्तिले निःशूल्क रुपमा कपडा लैजान सक्नेछन् । दिन चाहनेले जस्तोसुकै कपडा पनि क्लोथ बैंकलाई उपलब्ध गराउन सक्नेछन् । कपडा अभावले कुनै पनि व्यक्ति समस्यामा नपराेस भन्ने उदेश्यले क्लाेथ बैककाे सुरू भएकाे बताईएकाे छ ।
बैकमा आफूसँग बढी भएका नयाँ अथवा पुराना कपडा दिन सकिने छ । फिदिममा यश अघि पनि विभिन्न सनमाजिक ब्यतिहरूले क्लाेथ बैक चलाएका थिए ।
