काठमाडौं– बुधबारको बहसका क्रममा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संसद पुन:स्थापना भए राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने बताए।
‘संसद पुन:स्थापना भयो, तर दल विभाजित भए भने राष्ट्रपति र प्रधानमन्त्रीलाई पदमा रहिरहन नैतिकताले मिल्दैन, पार्टी रहेमा मात्र रहन मिल्छ,’ उनले भने, ‘पार्टी विभाजन भएमा नयाँ सरकार बनाउने प्रक्रिया सुरु हुन्छ।’ उनले पार्टीभित्रको विवाद पार्टीमै मिलाउनु पर्ने भन्दै साढेको पेलाइमा बाच्छाको मिचाइ हुन नसक्ने जिकिर गरे।
ज्ञवालीले वैकल्पिक सरकारको अवस्था रहेसम्म प्रतिनिधि सभा विघटन गर्न नमिल्ने पनि बताए। ‘सरकार बन्ने अवस्था भएन भनेमात्र प्रतिनिधि सभा विघटन गर्न मिल्छ।