November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

कम्प्यूटर सम्बन्धी दक्षता अभिवृद्धि अनुशिक्षण तालिम समापन

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कम्प्यूटर सम्बन्धी दक्षता अभिवृद्धि अनुशिक्षण तालिम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक दाहालले प्रहरी कर्मचारीहरूको कार्यालय सञ्चालन शैलीमा समय सापेक्ष परिवर्तन गरी दैनिक सम्पादन गर्नुपर्ने कार्यको लागि आवश्यक पर्ने वैज्ञानिक ज्ञान, सीप र कौशलमा सकारात्मक अभिवृद्धि गराई संगठनको उदेश्य परिपूर्ति गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरुप यो तालिम सञ्चालन गरिएको बताए ।

Advertisement

कम्प्यूटर सम्बन्धी दक्षता अभिवृद्धि अनुशिक्षणमा कम्प्युटर तर्फ कम्प्युटरको परिचय, माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरपोइन्ट, युनिकोड, इमेल, ईन्टरनेट, भिडियो कन्फरेन्स, रिमोट डेस्टप, एन्टी भाइरस र साइबर क्राइम जस्ता दैनिक कार्यालय प्रयोजनमा आउने विविध विषय वस्तुको बारेमा सैद्धान्तिक पक्षमा प्रशिक्षण प्रदान गरिएको थियो ।

साउन १३ गते देखि सञ्चालनमा आएको १५ कार्यदिन अवधिको तालिममा यस कार्यालय र कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी कर्मचारीहरु महिला ९ जना सहित जम्मा २९ जना प्रशिक्षार्थीहरू सहभागी रहेका थिए ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।