August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

न्यूयोर्कमा बलिहाङ तङ्नाम मनाईदै

न्यूयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) भव्य रुपमा मनाउने भएको छ ।

चुम्लुङ अमेरिकाले यही अक्टोबर २६ तारिखका दिन न्यूयोर्कमा विभिन्न कार्यक्रमको आयोजना गरि बलिहाङ तङ्नाम मनाउने निर्णय गरेको हो ।

चुम्लुङ अमेरिकाले प्रत्येक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै बलिहाङ तङनाम मनाउदै आएको छ । विगतका वर्षहरुजस्तै यस वर्ष पनि याक्थुङ लिम्बु जातिको संस्कार, संस्कृति, भेषभुषा प्रदर्शनी हुनुका साथै कार्यक्रमको माध्यमबाट भावि पुस्तालाई लिम्बू संस्कार संस्कृति हस्तान्तरण विशेष सघाउ पुग्ने अपेक्षा सहित कार्यक्रमको आयोजना गर्न लागिएको चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिए ।

Advertisement

कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरुको प्रस्तुति तथा लारिङ्गेत्, यालाङ, केलाङ् तथा बालबालिकाहरुको लिम्बु भेषभुषा प्रदर्शनी तथा डिजे प्रस्तुती रहने चुम्लुङ अमेरिकाका संस्कार संस्कृति संयोजक कूबेर वनेमले बताए ।

चुम्लुङले क्वीन्समा अवस्थित गुल्सन टेरेशमा हुने कार्यक्रममा उपस्थितीको लागि अमेरिकामा रहेका सम्पूर्ण लिम्बु समुदायलाई आह्वान गरेको ।