November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

नेकपा विवाद: ओलीलाई साधारण सदस्यबाटै हटाउने प्रचण्ड-माधव समूहको निर्णय

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाएको छ । पेरिसडाँडामा आइतबार बसेको स्थायी समिति बैठकले ओलीलाई हटाएको हो ।

प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालको उपस्थितिमा बैठकले पार्टी अनुशासन पालना नगरेको भन्दै साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।

यसअघि, प्रचण्ड-माधव समूहका नेताहरु नेपाल, झलनाथ खनाललगायतले ओलीलाई साधारण सदस्यबाटै हटाउने सार्वजनिक मञ्चहरुमा भन्दै आएका थिए । गत पुस ५ मा सरकारले संसद विघटन गरेपछि नेकपामा एक समूहले अर्को समूहलाई कारबाही गर्नेगरी राजनीतिक विभाजन आएको छ ।

Advertisement