विराटनगर । कोशी प्रदेश सरकारले विपद्का लागि राखेको राहत सामाग्री पर्याप्त रहेको जनाएको छ । सोमबार राहत सामाग्री राखेको विराटनगर भन्सार कार्यालयको गोदाम र सुनसरीको इनरुवामा राखेको गोदामको अवलोकन गर्दै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको टोलीले मंगलबारसम्ममा सबै प्रभावित जिल्लाहरूमा पठाइने बताएका हुन् ।
राहत सामाग्री पर्याप्त रहेको बताउँदै उनले भने, ‘हालको अवस्थामा पीडितहरूका लागि राहत सामग्री पर्याप्त रहेको छ । हामीले एक साललाई जे–जे भएपनि पर्याप्त पुग्नेगरी राखेका थियौँ । आधा चाहिँ अस्ति २४ गतेको आन्दोलनमा क्षति भयो । अन्य दुई ठाउँमा राखेको राहत सामाग्री अहिलेका लागि पर्याप्त छ ।’
आजैबाट राहत वितरण गर्न सुरु गर्ने तयारी रहेतापनि हेलिकप्टर जान नसकेको कारण मौसम खुलेको खण्डमा भोलिबाट हेलिकप्टरले इलामका दुई–तीन ठाउँ राहत पु¥याउने उनले बताए ।
विपदमा घर पूर्ण रूपमा नष्ट भएका पीडितहरूका लागि प्रदेश सरकारले घर नै बनाइदिने योजना बनाएको पनि उनले जानकार दिए ।
उनले प्रदेश सरकारले विपद् आउनुअघि वर्षभरि नै पूर्वतयारीका कामहरू गरेको पनि बताए ।
