November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

वार्ताका लागि सरोकारद्धारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

काठमाडौं । विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सरकारले गठन गरेको उक्त समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

Advertisement

आजै बसेको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेको छ ।