काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म कुनै समूहमा लागेका छैनन्। माघ १४ देखि एकता अभियान सुरु गर्न लागेका उनले जुन समूहले अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर पार्टी एकता गर्ने बताएका छन्।
सरकारी समाचार संस्था राससका अनुसार उनले आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने बताएका हुन्।
उनले भनेका छन्, ‘जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु।’ उनले अहिलेकै परिस्थितिमा भने कुनै समूहमा आफू नलाग्ने बताएका छन्। भनेका छन्, ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन।’
उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको बताए। ‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्,’ उनले भने।