काठमाडमौं । अमेरिकी संसदमा ग्रिनल्यान्डलाई देशको ५१ औँ राज्य बनाउने विधेयक पेस भएको छ । ‘ग्रिनल्यान्डको विलय र राज्य ऐन’ नाम दिइएको विधेयक सोमबार संसदमा पेस भएको हो ।
यो विधेयक रिपब्लिकन सांसद र्यान्डी फाइनले पेस गरेका हुन् । यो विधेयकको उद्देश्य ग्रिनल्यान्डलाई अमेरिकामा विलय गराएर राज्यको मान्यता दिनु रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जसरी भएपनि ग्रिनल्यान्ड लिएरै छाड्ने धम्की दिइरहेका बेला विधेयकले आवश्यकताअनुसार राष्ट्रपति ट्रम्पलाई डेनमार्कबाट ग्रिनल्यान्डलाई अलग्याउने वार्ता गर्ने वा अन्य तरिकाले यसलाई हत्याउने अधिकार दिने एक विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्नेबारे कुनै समयसीमा नभएको ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लिभिटले सोमबार भनेकी थिइन् ।