November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

ओलीविरुद्ध सर्वोच्च अदालतमा दुई थान अवहेलना मुद्दा दर्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दुई थान अवहेलना मुद्दा दर्ता भएका छन् ।  अदलतमा भइरहेको सुनुवाईलाई प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध दुई थान अदालतको अवहेलना मुद्दा दर्ता भएका हुन्। 

‘प्रधानमन्त्रीको पदमा आसीन खड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु,’ सर्वोच्चमा आचार्यले दायर गरेको रिटमा उल्लेख छ। 

केही दिनअघि प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा भएको बहसलाई ‘तमासा’को संज्ञा दिएका थिए।

Advertisement

अदालतमा विचाराधीन मुद्दामा प्रभाव पर्ने गरी अभिव्यक्ति दिन नपाइने व्यवस्था छ।

यस्तो छ अधवक्ता न्यौपानेले दायर गरेको अवहेलना मुद्दा

वरिष्ठ अधिवक्ता डा आचार्यले दायर गरेको मुद्दा