November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

संसदीय राजनीतिबाट संन्यास लिने सीके राउतको घोषणा

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदीय राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् ।

आइतबार सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै उनले अब उप्रान्त निर्वाचनमा उम्मेदवार नबन्ने र पदको राजनीतिमा नरहने बताएका हुन् ।

यसको अर्थ राजनीतिबाट हराउनु नभई जनताको अधिकार र पहिचानका लागि सडक र सदन बाहिरबाट निरन्तर सङ्घर्ष गरिरहने उनले बताएका छन्।

Advertisement

डा.राउतले आफ्ना विगतका दुई वटा संसदीय निर्वाचनका अनुभवहरू साझा गर्दै दुवै पटक व्यक्तिगत इच्छा विपरीत पार्टी र कार्यकर्ताको दबाबमा चुनाव लड्नु परेको खुलासा गरेका छन् ।