November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

काठमाडौं महानगर र नेपाल आँखा अस्पतालबीच २० हजार विद्यार्थीको आँखा जाँच गर्ने सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौं उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

बिहीबार सम्पन्न कार्यक्रममा उक्त सम्झौता भएको हो।

Advertisement

सम्झौताअनुसार अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरूको आँखा जाँच गर्नुपर्नेछ। जाँचपछि आवश्यकताअनुसार औषधि तथा चस्मा पनि वितरण गरिनेछ।