November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

खड्काको प्रस्तावः काग्रेसमा योगेश र एमालेमा सुहाङलाई संसदीय दलको नेता बनाइयोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले पार्टीको संसदीय दलको नेतामा युवा नेता योगेश गौचनलाई अघि सारेका छन् ।

गौचन मुस्ताङबाट निर्वाचित सांसद हुन् । उनी ०७० को निर्वाचनमा पनि यही जिल्लाबाट निर्वाचित भएका थिए । गौचनको नेतृत्व क्षमताको प्रशंसा गर्दै पूर्वमन्त्री खड्काले संसदीय दलको नेतामा गौचनको नाम पार्टीका नेताहरुसमक्ष सिफारिश गरेका छन् ।

पार्टीमा भने प्रतिनिधिसभाकै सबैभन्दा पाको नेता अर्जुननरसिंह केसीले दलको नेतामा दाबी गरेका छन् । केसीले दलको नेतामा दाबी गरेको सन्दर्भमा पूर्वमन्त्री खड्काबाट भने युवा नेता योगेश गौचनको नाम सिफारिश गरिएको हो । उनले एमालेले पनि सुहाङ नेम्वाङलाई दलको नेता बनाउँदा राम्रो हुने भन्दै सन्देश प्रवाह गरेका छन् ।

Advertisement

फागुन २१ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा १८ सिटमा जित निकालेको छ भने समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ । ३८ सदस्यीय संसदीय दल हुने भएको छ ।