November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

पूर्वसभामुख ढुंगाना र चार पूर्वप्रधानन्यायाधीश विरुद्ध पनि अवहेलना मुद्दा दर्ता

काठमाडौं– प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। राजाराम घिमिरेले चारै जना पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुख ढुंगानालाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।

पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सशीला कार्कीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाे टिप्पणी गरेका थिए। पूर्वसभामुख ढुङगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी अभिव्यक्ति दिएका थिए।

उनीहरूकाे अभिव्यक्तिले विचाराधीन प्रतिनिधि सभा विघटनका मुद्दामा हस्तक्षेप गरेकाे जिकिर निवेदनमा गरिएकाे छ।

Advertisement