November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

प्रधानमन्त्रीले गरे कोशी र कर्णालीका सांसदसँग छुट्टाछुट्टै छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कोशी र कर्णालीका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन् । उनले सांसदहरुलाई तीन किसिमबाट समस्या राख्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीले तत्काल गरिहाल्नुपर्ने, बजेट आउनु अगाडिसम्ममा गर्दा हुने र बजेटमा व्यवस्था गरेर गर्नुपर्ने गरी तीन किसिमले आवश्यकताहरू प्रस्तुत गर्न भनेका थिए ।

तत्काल गरिहाल्नुपर्ने जरुरी कामका लागि आवश्यक पर्ने बजेट पनि मिलाउन सकिने, तर कामका लागि काम नभएर जनताले काम गरेको अनुभूति हुने खालका कामका विवरण उनले माग गरेका थिए ।

Advertisement

कतिपय जरुरी कामहरू आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गरेर अगाडि बढाउन सकिने कारण प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा तीन किसिमका कामहरूको सूची मागेका छन् ।

सहभागी एक सांसदका अनुसार प्रायःले आवश्यकताहरू प्रस्तुत गरे । कतिपयले बुझेर रिपोर्ट दिने बताएका छन् ।