November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

दुई नयाँ मन्त्री नियुक्त गर्न सिफारिस

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा शुक्रबार नयाँ मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।

दीपक साहलाई बर्खास्त गरेएपछि खाली रहेको श्रम, रोजागार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ भने प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिइएको छ ।

रामजी सप्तरी– २ बाट निर्वाचित सांसद हुन भने गौरी महोत्तरी–४ बाट निर्वाचित भएकी हुन् ।

Advertisement

यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्री शाहले सम्हाल्दै आएका थिए।

राष्ट्रपतिले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेपछि शपथ पनि आजै हुने छ ।