काठमाडौं। बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड) का वरिष्ठ नेता नीतीश कुमारले आफ्नो पदबाट राजीनामा दिएका छन् । कुमारले मंगलबार राजीनामा दिएका हुन् ।
राजीनामापछि सामाजिक सञ्जाल एक्समा एक बयान जारी गर्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले बिहारमा बन्ने नयाँ सरकारलाई आफ्नो ‘पूर्ण सहयोग र मार्गदर्शन’ रहने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो राजनीतिक घटनाक्रम नीतीश कुमार हालै बिहारबाट राज्यसभाका लागि सांसद पदमा निर्वाचित भएपछि आएको हो । उनले राज्यसभा सदस्यको रूपमा शपथ पनि लिइसकेका छन् ।