November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बिच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान ।’

Advertisement

शुभकामना सन्देशमा थापाले भनेका छन्, ‘प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो। सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो ।’