काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सोमबार १५ मिनेटका लागि स्थगित भएको बैठक उक्त समयमा बस्न नसक्ने भएपछि आज बस्ने गरी स्थगित गरिएको थियो ।
विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले सूचना टाँस गरेर बैठक मंगलबार दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण गरेका हुन् ।