November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

मेरो राष्ट्रियताबारे चिन्ता गर्नुपर्दैन: प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताबारे चिन्ता लिनु नपर्ने बताएका छन् ।

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले सीमाका विषयमा आफूले बोलेको विषय ठीक भएको बताउँदै आवश्यक परे प्रमाण पेस गर्ने बताए ।

उनले भने, ‘मेरो राष्ट्रियताबारे चिन्ता गर्नुपर्ने केही छ र?’  

Advertisement

प्रधानमन्त्री बालेनले लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रको सबै प्रमाण आफूसँग भएको बताए । त्यसका लागि सरकारले छिमेकीसँग वार्ता गरेर समाधान गर्ने बताउँदै सीमा समस्या हल गर्न बेलायतलाई बोलाउने कुरा नगरेको बताए ।