काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोरोना जोखिम कायम रहेकाले खादा र फूल दिने कार्य बन्द गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
कार्यक्रममा सबैले अनिवार्य रूपमा मास्क लगाउन उनले आग्रह गरेका छन्। नेताको स्वागतस्वरुप माला, खादा लगाइदिने र फूल दिने कार्य बन्द उनको आग्रह छ।
कोभिड-१९ को उच्च जोखिम यथावत रहेकाले सतर्कता अपनाउन उनले अनुरोध गरेका हुन्।