काठमाडौं: नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ परिक्रमा गरेका छन् । नेपाली सेनाद्वारा जारी पूर्व सूचनाअनुसार बख्तरबन्द गाडी काठमाडौंको चक्रपथ परिक्रमाका लागि निस्किएका हुन् ।
राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरेको थियो ।
सितापाइलाबाट बसुन्घरा, सुकेधारा, चावहिल, गौशाला, तीनकुने, कोटेश्वरहुँदै बालकुमारी, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी हुँदै फेरि सितापाइला ब्यारेकमा पुगेको थियो ।
सेनाले सूचनामा नियमित अभ्यास भनेको छ । यद्दपि धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम र २३ गते नारायणहिटी अगाडि गर्ने जनप्रदर्शनसँग जोडेर टिप्पणी गर्न थालेका छन् ।