November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

प्रचण्ड-नेपाल पक्षको आमहड्ताल : उपत्यकाबाट अहिलेसम्म ७५ जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यकाको तीन जिल्लाबाट बिहान ८ बजेसम्म ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तोडफोडमा उत्रिएकालाई पक्राउ गर्ने नीतिअनरुप ७५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता सुशील सिंह राठौरले बताए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी बसन्त कुँवरले उपत्यका भित्रिने गाडीहरूका लागि स्कटिङको समेत व्यवस्था मिलाइएको बताए।

Advertisement

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले माघ २३ गते (बिहीबार) काठमाडौंमा गर्न लागेको शक्ति प्रर्दशनमा उपत्यका बाहिरबाट जसरी पनि मान्छे आउने वातावरण बनाउन गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएपछि प्रहरीले स्कटिङको व्यवस्था मिलाएको हो।