November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

आमहड्ताल अपडेट: कोटेश्वर-जडिबुटीमा प्रहरीकै अवरोध

काठमाडौं: प्रचण्ड-नेपाल समूहको आमहड्तालका क्रममा प्रहरीले कोटेश्वर-जडिबुटी सडकखण्ड अवरूद्ध गरेको छ । कोटेश्वर चोकमा बन्दकर्ताहरूको भीड रहेको भन्दै प्रहरीले जडिबुटी र कोटेश्वरमा अवरोधक राखेरै बाटो बन्द गरेको हो ।

ती स्थानमा सर्वसाधारण, अत्यावश्यक सेवाका सवारीसाधन र पत्रकारलाई पनि रोक लगाइएको छ । प्रहरीले सर्वसाधारणलाई अवरोध गरी भित्री बाटोबाट ‘डाइभर्ट’ गराएको छ । बुधबार गृह मन्त्रालयले बन्दका क्रममा शान्ति-सुरक्षा दिने भन्दै सर्वसाधारणको आवागमनमा सुरक्षा दिने भनेको थियो ।

तर, गृहको निर्णयविपरीत काठमाडौं प्रहरी र महानगरीय ट्राफिक महाशाखाले भने सडकमा सर्वसाधारणलाई अवरोध पुर्‍याएका छन् । दर्जनौं सवारीसाधन, मोटरसाइकललाई गन्तव्य पुग्नुअगावै  फर्काइएको छ । भक्तपुर र ललितपुरमा भने आवागमनमा अवरोध गरिएको छैन ।

Advertisement