November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

प्रतिगमन विरुद्ध शहीद तथा बेपत्ता परिवार सडकमा

काठमाडौं: प्रतिगमनका विरुद्ध शहीद तथा बेपत्ता परिवारले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालिएको र्यालीपछि कोणसभामा परिणत भएका छन् ।

शहीद तथा बेपत्ता योद्धा परिवार, बागमतीले आयोजना विरोध प्रदर्शनमा शहीद तथा बेपत्ता परिवारका सदस्यहरुको सहभागिता छ । ‘शहीदको बलिदान, हाम्रो शान, जनताको शक्ति छ महान’ लेखिएको व्यानर बोकेका छन् ।

‘शहीदको रगतले लेखिएको संविधानको रक्षार्थ सम्पूर्ण शहीद तथा बेपत्ता योद्दा परिवारहरु एकजुट होऔं, प्रतिगामी कदमको भण्डाफोर गरौं’ भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

Advertisement

प्रदर्शनमा उत्रिएकाहरुले नेपालको संविधान हात–हातमा लिएर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको संकेत गरेका छने ।