यूएईलाई पराजित गर्दै नेपाल आईसीसी यू–१९ को विश्वकपमा
काठमाडौं । नेपाली यू–१९ क्रिकेट टिम विश्वकपमा पुगेको छ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई पराजित गरी नेपाल विश्वकपमा पुगेको हो । यूएईको अजमानको इडन ग्रार्डेन ओभलमा भएको खेलमा नेपाल ७ रनले विजयी हुँदै प्रतियोगिताको शीर्ष स्थानमा रहेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा टिकट काट्न सफल भएको हो ।...