राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गर्नुको भित्री रहस्य
काठमाडौं । माधवकुमार नेपाललाई राष्ट्रपति बनाएपछि नेकपा एसलाई एमालेमा मिलाएर प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बन्ने केपी ओलीको रणनीति छ। यही रणनीतिअन्तर्गत उनले नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेका हुन्। नेकपा एसलाई एमालेमा गाभ्न सके कांग्रेस र माओवादी केन्द्रबाहेक पनि सरकार बनाउन सकिने विश्लेषण ओलीको छ। राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्षलाई ओलीले आफूनिकट...