काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा विश्वमणी सुवेदी निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित सुवेदीले १४७ मत प्राप्त गरे भने अर्का अध्यक्षका उम्मेवादार भुपराज खडकाले ११९ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षकै अर्का उम्मेदारा राघव साहले जम्मा १५ मत प्राप्त गरेका छन् ।
खुला उपाध्यक्षमा नवराज छत्कुल्ली १५० मतकासाथ विजयी भएका छन् । अर्का उम्मेदार राजेन्द्र कुँवरले ११६ मत प्राप्त गरेका छन् । यस्तै, महिला उपाध्यक्षमा अस्मिता गिरी विजयी बनेकी छन् । अर्का उम्मेदार उर्मिला कुवरले ९० मत प्राप्त गरेकी छन् ।
उपाध्यक्ष सुदुरपश्चिम उपाध्यक्षको लागि दुई जनाको उम्मेदारी परेको थियो । जसमा नरेन्द्र भट्ट १७४ मतकासाथ विजयी बनेका छन् भने मिन ठकुरीले ८३ मत प्राप्त गरेका थिए ।
महासचिवमा रामकुमार एलन १३९ मतका साथ विजयी भएका छन् । महासचिवका अर्का उम्मेदार हृदय भुसालले १३० मत प्राप्त गरेका छन् । उपमहासचीवमा प्रेम गौतम १६४, लेखनाथ सिकारू १३९ र प्रतिज्ञा बुढा मगर १२२ मतसहित विजयी बनेका छन् । उपमहासचिवका उम्मेदार धनराज वास्तविक र देवि सापकोटाले समान ८२ ८२ मत र गोविन्द सुवेदीले ८० र सविन शर्माले ७० ले मत प्राप्त गरेका छन् ।
त्यस्तै खुल्ला सचिवमा ९ जनाको उम्मेदारी परेको थियो । अनिल शाही १३६, शिव प्रसाद ढुंगाना ११७, पूर्ण बहादुर कार्की विजयी बनेका छन् । आशिष गुरागाई ८६ ,धनविर दाहाल ६३, समर रोकाया ४१, निर्मल अधिकारी ७९, शिवलाल सुबेदी ७२, तपेन्द्र कुवरले २५ मत प्राप्त गरेका थिए् ।
त्यस्तै महिला सचिवमा कान्ति न्यौपाने १२८ विजयी बनेका छन् भने अर्का उम्मेदवार कालिका सिवाकोटीले १०२ मत प्राप्त गरेका छन् । रमा न्यौपानेले ४२ मत प्राप्त गरेका छन् भने दलित सचिवमा प्रदिप नेपाली १५१ मतसहित विजयी भएका छन् । त्यस्तै विष्णु रैगाइले ८९ मत प्राप्त गरे भने कोषाध्यक्षमा कृपा भण्डारी १३९ मतसहित वियजी बनेकी छन् । त्यस्तै रामचन्द्र बस्नेतले २७, मधुकर लुइँटेल ४०, जमुना गजुरेल ६० मत प्राप्त गरेका छन् ।
सुदूरपश्चिमबाहेक अन्य ८ प्रादेशिक उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । ३४ खुल्ला सदस्यमा २४ जनाको मात्रै उम्मेदारी परेको थियो ।