July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

कांग्रेस पदाधिकारी बैठक : शिक्षकका हत्यारालाई कारबाही गर्न माग

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा पूर्वपदाधिकारी पनि उपस्थिति थिए।

बैठकले मोरङमा गरिएको शिक्षक हत्याको विरोध गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसले हत्यारालाई कडा कारबाहीको माग पनि गरेको छ। व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरिएको छ।

मंसिर २३ गते मोरङमा एक शिक्षकको हत्या गरिएको थियो। हत्याको जिम्मेवारी प्रतिबन्धित विप्लव समूहले लिइसकेको छ।

Advertisement