November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

भ्रष्टाचारको अभियोगमा अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धब थपलियाविरुद्ध मुद्दा दायर

काठमाडौं । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धब प्रसाद थपलियाविरुद्ध भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । थपलियालाई गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोगले अनुसन्धान गर्दा थपलियाले विभिन्न कार्यालयमा पदमा रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी १ करोड ६४ लाख ८९ हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको थियो ।

उनकी श्रीमती मुना पन्त थपलियाको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुमा रकम मौज्यात लगायतका गरिएका खर्चहरुमध्ये स्रोत पुष्टि हुन नसकेको जनाउँदै अख्तिायारले लागत मुल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति विगो माग दावी गरेको जनाएको छ ।

Advertisement

श्रीमान श्रीमती दुवैजनालाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन मागदावी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाइएको छ ।