काठमाडौं । विमानको शौचालयमा सुन लुकाएर तस्करी गर्न खोज्दा विमानका कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारीहरु सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी रहेका छन् । उनीहरु सुनगाभा कम्पनीका सफा गर्ने कर्मचारी हुन् ।
विमानस्थलका अनुसार उनिहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोज्ने क्रममा पक्राउ परेका हुन् ।
उनीहरु एयरलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोज्ने क्रममा चेकजाँचको क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।