महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएका हुन् ।
घटनाको जानकारी पाएपछि आक्रोशित मृतकका आफन्तहरुले होटलमा ढुंगामुढा गरेका छन् ।
घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । अहिले होटललाई सील गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।