काठमाडौं । गाउँपालिका अध्यक्ष उम्मेदवार सिद्धार्थ यादवलाई प्रहरीले तत्कालका लागि छाडेको छ । सिरहा, औरही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार यादवलाई भोलि हाजिर हुने गरी छाडिएको सिरहाका एक प्रहरी अधिकृतले बताए । उजुरी आएपछि थप कारबाही प्रक्रिया अघि बढाइने ती प्रहरीको भनाइ छ ।
निवर्तमान अध्यक्ष समेत रहेका उनलाई मध्यराति काँग्रेस र माओवादी कार्यकर्ताबीच झडपको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो
औरही गाउँपालिका वडा नम्बर ४ स्थित मतदातालाई पैसा बाँड्न आएको भन्दै अध्यक्षका उम्मेदवार यादवलाई काँग्रेस र जसपाका कार्यकर्ताले घेराउ गरेका थिए । त्यसै क्रममा दुईतर्फी झडप हुँदा रड प्रहारबाट माओवादी कार्यकर्ता घाइते भएको सिरहा प्रहरीले जनाएको छ ।