विराटनगर । मोरङमा अबैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । मंगलबार साँझ विराटनगर महानगरपालिका–१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट ५ ग्राम ७ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय नारायण महत्तो समेत २ जनालाई प्रहरीले पक्राउ गरेको प्रहीले जनाएको छ ।
भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका महत्तोलाई प्रहरी
चौकी बखरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारेपछि उनी समेत दुवै जनालाई पक्राउ गरेको हो ।