November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रतिबन्धित औषधीसहित पक्राउ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–५ स्थितबाट प्रतिबन्धित लागुऔषधीसाहित एक महिला पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार मंगलबार दिउँसो साढे ३ बजे डेरामा बस्दै आएका २४ बर्षीय उर्मीला चौधरी र निजको श्रीमान सुदेश राईले औषधी बिक्री बितरण गरीरहेको छ भन्ने बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले निजहरुको डेराबाट चौधरीलाई प्रतिबन्धित औषधी ४ हजार ४ सय २० गोटी र नगद २६ हजार रुपैयासहित नियन्त्रणमा लिइएको हो ।

प्रतिबन्धित औषधीसहित पक्राउ परेकी चौधरीउपर थप अनुसन्धान भईरहेको छ भने राईको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement