काठमाडौं । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गरेका छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकापछि थापाले त्यसको खण्डन गरेका हुन् ।
बिहीबार प्रेस वक्तव्य जारी गर्दै थापाले गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् । त्यसबाहेकका कुनै काम नगरिएको भन्दै उनले आपत्ति जनाएका छन् । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने बताएका छन् ।
थापाले विज्ञप्तिमा लेखेका छन्, ‘हामीले गृहमन्त्रालय सम्हाल्दा जनताका लागि सधैं न्यायको पक्षमा काम गरेका छौं, जनसरोकारका विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथिमकताका साथ कटिवद्ध भएर काम गरेका छौं, त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै इच्छा छैन ।’
