November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

कालोमोसो दल्ने नेविसंका मोरङ जिल्ला अध्यक्ष निलम्बित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कालोमोसो दल्ने नेपाल विद्यार्थी संघले मोरङ जिल्ला अध्यक्षलाई निलम्बन गरेको छ । नेविसंघले नेविसंघ मोरङ अध्यक्ष सरोज पोखरेललाई निलम्बन गरेको हो । 

अध्यक्ष दाहालमाथि कालोमोसो दलिएको विषयमा नेविसंघले गठन गरेको छानबिन समितिको सिफारिसको आधारमा अध्यक्ष पोखरेललाई निलम्बन गरेको हो ।

गत जेठ २९ गते आफ्नै क्वाटरमा रहेका अध्यक्ष दाहालमाथि पोखरेलसहितका नेविसंघका कार्यकर्ताले कालो मसी फ्याकेर भागेका थिए ।  

Advertisement