चितवन । चितवनमा अज्ञात समूहले स्कुल बसमा आगजनी गरेका छन् । आइतबार बिहान भरतपुर-२० मा विद्यार्थी लिन हिँडेको ‘स्मल हेभन स्कुल’को बसमा अज्ञात समूहले आगजनी गरेका हुन् ।
स्रोतका अनुसार तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरु सबै जना फरार छन् । बस जलेर पूर्ण रुपमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।