November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

रास्वपाका उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । रास्वपाका एक उम्मेदवारको चुनावी प्रचारमा हिँडेको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको छ । रौतहट क्षेत्र नम्बर २ का शेख सगिरको चुनावी प्रचारमा हिँडेको बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको हो । 

बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका-४ स्थित मठियाटोलमा भएको उक्त दुर्घटनामा मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुन गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि कारचालकले सिटी अस्पताल गौरमा लगेका थिए ।


घाइते बालिकालाई अस्पताल छाडेर चालक फरार भएका थिए । त्यसपछि बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । गौरमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement

रास्वपा उम्मेदवार सगिर मठिया गाउँमा घरदैलो गरिरहेका बेला कारले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

फरार चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।