काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बौद्धिक प्रतिभा पलायनलाई रोक्न आग्रह गरेका छन् ।
शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा
काठमाडौं विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका हुन् ।
देउवाले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविष्य सुनिश्चित गर्न नसकिने बताए ।त्यसका लागि विश्वविद्यालयलाई आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि उनले बताए ।