July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

तोलामा ११ सय घट्यो सुनकाे भाउ

काठमाडौं – सुनचाँदीको मुल्यमा आज गिरावट आएको छ।

आज छापावाल सुन तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो। त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ।

त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Advertisement