September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

सुनको मूल्य तोलामा पाँच सय घट्यो

२०७७ फाल्गुन १४

काठमाडौं – आज सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ घटेको छ। छापावाला सुन आज तोलामा रू. ८८ हजार ८०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।

छापावाला सुन बिहीबार तोलामा रू. ८९ हजार ३०० मा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन तोलामा रू. ८८ हजार ३५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन बिहीबार तोलामा रू. ८८ हजार ८५० मा कारोबार भएको थियो।

Advertisement

यसैगरी, चाँदी तोलामा रू.२० ले घटेको छ। रू. एक हजार ३५५ मा बिहीबार कारोबार भएको चाँदी आज भने रू. एक हजार ३३५ मूल्य निर्धारण भएको छ।