September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

प्रतितोला ५०० का दरले घट्यो सुनको मूल्य

२०७७ फाल्गुन १६

काठमाडाैं– नेपाली बजारमा आइतबार सुनकाे मूल्य रु ५०० ले ओरालो लागेको छ। अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोवार भइरहेकाे छ। 

शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार भइरहेकाे छ।

Advertisement

शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो। 

यस्तै चाँदी आज तोलामा रु १० ले घटेको छ। शुक्रबार तोलामा रु एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको महासंघले जनाएकाे छ।